1. योग्यता: प्रतियोगिता सबै नेपालीहरूका लागि खुला छ।
  2. अवधारणा: लेख “८० को दशक: युवा र विद्यार्थी”भन्ने अवधारणामा आधारित हुनुपर्छ, जसमा २०९० को सुरुवातसम्ममा आजका युवा तथा विद्यार्थी वर्गले कस्तो नेपालको सपना देखेका छन् भन्ने कुरा समेट्न सकिन्छ।
  3. विशिष्टीकरण गरिएका क्षेत्रहरु: शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्रियता, कृषि, पर्यटन, उद्यमशिलता, प्रविधि, जलवायु परिवर्तन, हरित ऊर्जा, नवप्रवर्तन, विविध। एउटा लेख बढीमा तीनवटा विशिष्टीकरण गरिएका क्षेत्रहरुमा केन्द्रित हुनुपर्नेछ।
  4. शब्द सीमा: प्रत्येक लेख ९००-१२०० शब्दको बीचमा हुनु पर्नेछ।
  5. भाषा: लेख नेपाली भाषामा हुनु पर्नेछ।
  6. प्रस्तुति: लेख प्रष्ट र पठनीय हुनुपर्नेछ। 
  7. मौलिकता: लेख मौलिक र स्वतन्त्र हुनुपर्नेछ। कुनै पनि नक्कल वा चोरी भएको लेखलाई अस्वीकार गरिनेछ। कुनै पनि प्रप्त लेखको आधुनिक पद्दतिबाट प्रतिलिपि (प्लेगारिज्म) जाँच गरिने छ।
  8. लेख पेश गर्ने तरिका: लेख nsu.sakranti@gmail.com मा पठाउनुहोस्। वा नजिकको कुनै पनि नेपाली काङ्ग्रेस वा नेपाल विद्यार्थी संघको एकाई मार्फत पेश गर्न सकिने छ।
  9. पुरस्कार: उत्कृष्ट लेखलाई नगद रू. ५०,००० प्रदान गरिनेछ र २० वटा उत्तम लेखहरू पुरस्कृत गरी “संक्रान्ति” मा प्रकाशित गरिनेछन्।
  10. निर्णय: निर्णायकहरूको निर्णय अन्तिम हुनेछ र यसमा कुनै छलफल वा पुनरवलोकन गरिनेछैन।
  11. अधिकार: पठाइएका लेखहरूको सम्पादन र प्रकाशनको सम्पूर्ण अधिकार सम्पादकसँग हुनेछ। लेखहरुलाई लेखकको संलग्नतामा उचित विज्ञहरुको परामर्श सहित सम्पादन गरी प्रकाशनमा लगिने छ।
  12.  सूचना: विजेताहरूलाई इमेल वा फोनमार्फत जानकारी दिइनेछ।

Scroll to Top